Monday, March 6, 2017

राजा ज्ञानेन्द्रको चितवनबाट आयो यस्तो खबर…

कमल थापासँगै विमानबाट ओर्लिए पूर्वराजा ज्ञानेन्द्र, पञ्चेबाजासहित स्वागत
पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार चितवनको भरतपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
भरतपुर विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको हो ।

राप्रपा अध्यक्ष कमल थापासँगै विमानबाट ओर्लिएका पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा सहभागीहरुले ‘राजा आऊ देश बचाऊ’ भन्दै नारा लगाएका थिए ।
नवलपरासीमा चौधरी ग्रुपले निर्माण गरेको शाश्वतधामको मंगलबार (भोलि) हुने उद्घाटन समारोहमा सहभागी हुन पूर्वराजा सोमबार चितवन आइपुगेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार शाश्वतधामको उद्घाट्न गर्ने कार्यक्रम रहेको छ ।-Everyday Khabar

Write Comment Below:

No comments:

Post a Comment